Rule 92
जग्गा प्राप्ति सहजीकरण समिति सम्बन्धी व्यवस्था
राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति प्राप्त विकास आयोजनाले आफ्नै प्रयासमा ऐनको दफा ४२ को उपदफा (२) बमोजिमको जग्गा उपलब्ध गराउन नसकेमा जग्गा प्राप्तिको सहजीकरणका लागि प्रत्येक जिल्लामा देहाय बमोजिमको जग्गा प्राप्ति सहजीकरण समिति रहनेछः-

(क) प्रमुख जिल्ला अधिकारी -संयोजक

(ख) नापी कार्यालयको प्रमुख -सदस्य

(ग) मालपोत कार्यालयको प्रमुख -सदस्य

(घ) प्रमुख नियन्त्रक, कोष तथा -सदस्य लेखा नियन्त्रक कार्यालय

(ङ) स्थानीय तहको सम्बन्धित -सदस्य वडा अध्यक्ष

(च) सम्बन्धित _ डिभिजनल वन -सदस्य अधिकृत

(छ) सम्बन्धित विकास -सदस्य-सचिव आयोजनाको प्रमुख